जीतपुरसिमरा गोल्डकप : वीरगन्ज युनाइटेड क्वाटरफाइनलमा
ekantipur.com · Fri Mar 24 16:58:49 GMT 2023
बारा — १३ औं संस्करणको जीतपुरसिमरा गोल्डकपको दोस्रो दिन शुक्रबारको प्रतियोगितामा वाग्मती युवा क्लबविरुद्ध ३–० को जित निकाल्दै वीरगन्ज युनाइटेड क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बाराको सिमरा रंगशालामा जारी खेलअन्तर्गत वीरगन्जको जितमा विवेक चौधरीले २ तथा कृपा चौधरीले १ गोल गरे । त्यसपछि पहिलो हाफ बराबरी खेलेको वाग्मतीविरुद्ध दोस्रो हाफमा वीरगन्ज हाबी भयो । वाग्मतीविरुद्ध खेलको ५४ औं मिनटमा विवेकले गोल गर्दै अग्रता टिमलाई अग्रता दिलाएका थिए । वाग्मतीका गोलरक्षक रविन बस्नेतको गल्तीको फाइदा उठाउँदै वीरगन्जका विवेकले खाता खोलेका थिए । डी एरिया छाडेर अघि बढेका गोलरक्षकलाई बिट गर्दै विवेकले बललाई डि एरिया बाहिरैबाट गोलपोष्टको दिशा दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)