मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रहरी सेवाको प्रकृति : विगत र वर्तमान

rajdhanidaily.com · Tue Apr 12 23:39:20 GMT 2022

नेपाल प्रहरीको व्यवस्था’bout जानकारी राख्न हामीले मल्ल कालतर्फ फर्कनुपर्ने हुन्छ । मल्लकालमा पालो पहरामा खटिने व्यक्तिलाई चौकीदार भनिन्थ्यो । चौकीदारले रातो फेटा, खाकी रंगको कुर्ता, सेतो धोती, कपडाको काने जुत्ता र कम्मरमा चौकीदार लेखेको रातो पेटी बाँध्थे । तत्कालीन माल अड्डाका हाकिमको आदेशानुसार चौकीदारले स्थानीय बासिन्दाबाट कर असुल गर्दथे । त्यसताका नगद करभन्दा बाली कर बढी मात्रामा संकलन हुन्थ्यो । एकीकरणपश्चात् लगतै नेपालको मधेस, पहाड, पूर्व–पश्चिम तथा उपत्यकामा समेत गरी आठवटा अदालतको व्यवस्था भयो ।

पहरेदारकै रूपमा कार्य गर्दै आएका चौकीदारलाई पनि पछि क्रमशः छुट्टै चौकीमै राख्न थालियो । तर, चौकिदार त्यतिखेर दिनको समयमा मात्र चौकीमा आई पालोपहरामा खटिन्थे । अड्डा अदालतको हाकिमको आज्ञा पालन गर्नु चौकीदारको कर्तव्य हुन्थ्यो । अदालतको व्यवस्था भएपछि चौकीलाई पनि अदालत मातहतै राखियो । चौकीदारले अदालतको आदेशानुसारका व्यक्ति पक्राउ गरी दाखिला गराउनुपर्दथ्यो । नेपाल प्रहरीको प्रारम्भ यही चौकिदारी प्रथाबाटै भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)