अपाङ्गता भएकालाई विपद् पूर्वसूचनाबारे सिकाइँदै
barnanmedia.com · Thu May 21 03:51:33 GMT 2026

कैलालीको टीकापुर नगरपालिकाले अपाङ्गता (फरक क्षमता भएका) व्यक्तिहरुलाई विपद्् पूर्वसूचना तथा विपद्् व्यवस्थापनसम्बन्धी जानकारी दिन थालेको छ । पालिकाले पहिलो चरणमा ३५ अपाङ्गता भएका र उनीहरुका सहयोगी गरी ५६ जनालाई विपद्का समयमा पूर्वसूचना कसरी लिने भनी जानकारी दिएको हो ।
टीकापुर बाढीजन्य विपद््मा रहेको पालिका हो । यसबाहेक अन्य विपद्का बेला पनि कसरी सुरक्षित रहने, कस्को सहयोग लिने, सूचना कहाँकहाँबाट लिने भन्ने सिकाइएको छ । विपद््सम्बन्धी सूचना स्थानीय पालिकामा रहेको स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र, मौसम पूर्वानुमान महाशाखा, रेडियो तथा टेलिभिजन, साइरन वा माइकिङ, मोबाइलमा आउने म्यासेज, सामाजिक सञ्जाल, अनलाइन सञ्चारमाध्यम, महिला स्वास्थ्य स्वयंसेविका, बडघर, भल्मन्सा, चिराकी, प्रहरी, टोल विकास संस्था, विपद् व्यवस्थापन समितिमार्फत सूचना लिन सकिने टीकापुर नगरपालिका वन वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)