मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सत्ता र प्रतिपक्षको अडानले ‘बन्धक’ बन्यो संसद्

rajdhanidaily.com · Tue Jun 03 23:06:29 GMT 2025

काठमाडौं । राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा मंगलबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नुपर्ने र उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग प्रतिपक्षी दलको रहेको छ ।

सभामुख देवराज घिमिरे संसद्को जारी अवरोध खुलाउने र नियमित कार्यसूचीअनुसार संसद् सुचारु गर्ने विषयमा निरन्तर छलफलमा छन् । तर, राजनीतिक दलहरूको अडानले मंगलबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भयो । प्रतिनिधिसभाको बैठक बुधबार (आज) बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)