नेपालको प्रस्तावित संघीय निजामती सेवा ऐनमा कुलिङ पिरियड
rajdhanidaily.com · Thu Apr 03 23:35:58 GMT 2025

अंग्रेजी शब्द ‘कुलिङ पिरियड’को नेपाली अनुवाद ‘शीतलन अवधि’ वा ‘पर्खाइ अवधि’ भन्न सकिन्छ । यो प्रायः कानुनी, प्रशासनिक वा व्यावसायिक सन्दर्भमा प्रयोग हुने एक विशिष्ट शब्दावली हो । यसले कुनै कार्य, निर्णय वा गतिविधिबाट पछि हटेर सोचविचार गर्न वा तत्काल प्रभाव रोक्नका लागि तोकिएको समयसीमालाई जनाउँछ ।
निजामती सेवामा ‘कुलिङ पिरियड‘ भनेको उच्चपदस्थ निजामती कर्मचारी (जस्तै ः सचिव, सहसचिव)ले सेवाबाट अवकाश लिएपछि निश्चित समयावधिसम्म निजी क्षेत्र, लाभजनक रोजगारी वा प्रभावशाली भूमिकामा संलग्न हुन नपाउने नियम वा प्रावधान हो । यो अवधि सामान्यतया १ देखि २ वर्षसम्म हुने प्रस्ताव गरिएको छ तर यो देशको कानुन र नीतिमा निर्भर हुन्छ । नेपालको प्रस्तावित संघीय निजामती सेवा ऐनमा ‘कुलिङ पिरियड’सम्बन्धी व्यवस्था उच्च तहका निजामती कर्मचारीको सेवानिवृत्तिपछिको गतिविधिलाई नियमन गर्न प्रस्ताव गरिएको एक महत्वपूर्ण प्रावधान हो । यो व्यवस्था विशेषगरी राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) र विशिष्ट श्रेणी (सचिव वा विशेष सचिव)का कर्मचारीलाई लक्षित गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)