टिकाको ‘नौडाँडा पारी-२’ मा मल्लिका
rajdhanidaily.com · Fri Mar 03 23:45:32 GMT 2023
काठमाडौं । लोक शैलीमा आधारित ‘नौडाँडा पारी २’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। मंगोलियन हार्टका गायक राजु लामाको स्वरमा सजिएको यस गीतलाई अस्ट्रेलियाको तास्मानिया बसोबास गर्दै आइरहेका लोकप्रिय संगीतकार टिका दहालले संगीतवद्द गरेका हुन्। करिव ५ वर्ष अघि दहालकै संगीतमा गायक आगा लामाको स्वरमा ‘नौडाँडा पारी १’ सार्वजनिक भएको थियो।
राहुल प्रधानले संगीत संयोजन गरेको यस गीतलाई चर्चित गीतकार रमेश दहालले लेखेका हुन्। भैतिक रुपमा टाढा रहेका २ प्रेमिल जोडीको कथालाई प्रस्तुत गरिएको यस गीतको भिडियोमा अभिनेत्री मल्लिका महत र अनुज गुरुङको अभिनय रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)