मस्क विश्वकै पहिलो ‘ट्रिलियनियर’ बन्ने बाटोमा
ratopati.com · Thu May 21 04:06:41 GMT 2026

न्युयोर्क । एलन मस्कको स्पेसएक्स कम्पनीले अमेरिकी सेयर बजारमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने योजना सार्वजनिक गरेको छ। यससँगै अब सर्वसाधारणले पनि सेयर बजारमा यस कम्पनीको सेयर खरिद–बिक्री गर्न पाउने भएका छन्।
स्पेसएक्सले रकेट निर्माण गर्नुका साथै स्टारलिंक नामक भूउपग्रह इन्टरनेट सेवा प्रवाह गर्छ र मस्कको विवादित आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी एक्सएआई पनि यसैको मातहतमा रहेको छ। अमेरिकी सेयर बजारको इतिहासमै सबैभन्दा ठुलो मानिएको यो आईपीओ आगामी महिनादेखि ‘एसपीसीएक्स’ संकेत चिन्न अन्तर्गत कारोबारमा आउन सक्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)