मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानसँगको युद्धमा अमेरिकाले गुमायाे ४२ लडाकु विमान र ड्रोन

annapurnapost.com · Thu May 21 03:59:18 GMT 2026

वासिङ्टन : इरानविरुद्ध सञ्चालित 'अपरेशन एपिक फ्युरी' (Operation Epic Fury) मा अमेरिकी सेनाले ठूलो हवाई क्षति बेहोर्नु परेको छ। अमेरिकी संसद् (यूएस कांग्रेस) को प्रतिवेदन अनुसार यस सैन्य कारबाहीका क्रममा अमेरिकी सेनाका ४२ वटा विमान तथा ड्रोनहरू पूर्ण रूपमा ध्वस्त भएका छन्।

ध्वस्त भएका हवाई साधनहरूमध्ये ६ वटा आधुनिक फाइटर र अट्याक जेट रहेका छन्। जसमा १ वटा एफ-३५ (F-35), ४ वटा एफ-१५ई स्ट्राइक इगल (F-15E Strike Eagle) र १ वटा ए-१० थन्डरबोल्ट-II (A-10 Thunderbolt-II) लडाकु विमान रहेका छन्। यसअघि अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले यस युद्धमा आफ्नो कुल २.८१ लाख करोड भारु (करिब ३३.७ अर्ब डलर) खर्च भइसकेको जानकारी दिइसकेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)