नेपाली बजारमा पोकोका दुई नयाँ फाइभजी स्मार्टफोन सार्वजनिक
annapurnapost.com · Sun Jul 05 09:11:16 GMT 2026

काठमाडौं : टेलिटकले नेपाली बजारमा पोको एम८एस ५जी र पोको एम८ प्रो ५जी स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीका अनुसार उत्कृष्ट कार्यसम्पादन, सहज फाइभ–जी अनुभव र प्रतिस्पर्धी मूल्यलाई ध्यानमा राखेर यी दुवै स्मार्टफोन नेपाली बजारमा ल्याइएको हो।
पोको एम८एस ५जीमा ७,००० एमएएच क्षमताको ब्याट्री, ३३ वाट टर्बो चार्जिङ र १८ वाट रिभर्स चार्जिङ सुविधा उपलब्ध छ। यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ। ६.९ इन्चको फुल एचडी प्लस डिस्प्ले र १४४ हर्जसम्मको रिफ्रेस रेटले उत्कृष्ट दृश्य अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ। यो स्मार्टफोन स्न्यापड्रागन ६एस जेन ३ प्रोसेसर, अक्टा–कोर सीपीयू र एड्रेनो जीपीयूबाट सञ्चालित छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)