बधाई पनि लिन सक्दैन परराष्ट्र !
dcnepal.com · Fri Jul 30 17:08:26 GMT 2021
काठमाडाौं। शुक्रबार साँझ नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर साहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटे र पाकिस्तानका प्रधानमन्त्री इमरान खान र पाकिस्तानका तर्फबाट बधाई ज्ञापन गरे। प्रधानमन्त्री देउवासँग पाकिस्तानका राजदूतले शुक्रबार शिष्टाचार भेट गरेर आफ्ना प्रधानमन्त्रीका तर्फबाट सो बधाई ज्ञापन गरेका थिए।
राजदूत सैयदले प्रधानमन्त्री देउवासँग भेट गरेको जानकारी परराष्ट्र मन्त्रालयले आफ्नो आधिकारिक वेभसाइटमा पनि राखेको छ। तर त्यहाँ बधाईको कुनै प्रसंग नै छैन। नेपालको परराष्ट्र मन्त्रालयको सो विज्ञिप्तमा भनिएको छ– पाकिस्तानी राजदूत सैयद हैदर शाहले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभयो र त्यस अवसरमा उहाँहरूबीच पारस्परिक हितका विषयसहित कोभिड–१९विरुद्धको सहयोग एवम् ऐक्यबद्धता, द्विपक्षीय व्यापार, लगानी र पर्यटन प्रवद्र्धनबारे छलफल भयो।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)