मंगलबारदेखि मतगणना सम्पन्न नहुँदासम्म पाल्पामा मदिरा बिक्री वितरणमा रोक
ekantipur.com · Tue Nov 15 01:03:54 GMT 2022
पाल्पा — जिल्ला प्रशासन कार्यालय पाल्पाले मंगलबारदेखि मतगणना सम्पन्न नहुँदासम्म मदिरा बिक्री वितरणमा रोक लगाएको छ । सोमबार सूचना जारी गर्दै जिल्लामा मदिराजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको हो ।
प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि मदिरा बिक्री वितरणमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए । जिल्लाभर सबै प्रकारका मदिराजन्य पदार्थ किनबेच, ओसारपसार र सेवनमा रोक लगाएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)