मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुदूरपश्चिममा थपिए ३७ हजार मतदाता

gorkhapatraonline.com · Fri Aug 12 01:10:12 GMT 2022

धनगढी, साउन २७ गते । सुदूरपश्चिम प्रदेशमा ३७ हजार २६१ नयाँ मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचनपछि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्य भएको थियो । असार १ गतेबाट सुरु भएको सो कार्य प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएपछि रोकिएको छ ।

स्थानीय तहको चुनावको ताका यो प्रदेशमा कुल १६ लाख ३२ हजार १५० मतदाता रहेका थिए । अब थपिएका मतदातासहित प्रदेशको कुल मतदाता सङ्ख्या १६ लाख ६९ हजार ४११ पुगेको छ । यद्यपि, स्थानीय तहमा मतदाता नामावलीमा दाबी विरोध पश्चातमात्रै थपछिको वास्तविक तथ्याङ्क यकिन हुने सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिनुभयो । ‘त्रुटि सच्याउने र दोहोरिएको हटाउने कार्यपछिमात्रै कुल मतदाताको वास्तविक तथ्याङ्क थाहा हुन्छ’, उहाँले भन्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)