बुटवलमा राष्ट्रिय भलिबल प्रतियोगिता सुरु
ratopati.com · Fri Feb 09 16:30:00 GMT 2024
बुटवल । बुटवलमा राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको छ । मणिमुकुन्द भलिबल क्लबको आयोजनामा शुक्रवारदेखि प्रतियोगिता सुरु भएको हो । नौ मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल नाम दिइएको सो प्रतियोगिताको उद्घाटन खेलमा सशस्त्र प्रहरी बाग्मती प्रदेश र कोशी प्रदेश विजयी भएका छन् ।
कणाली प्रदेश र बाग्मती प्रदेशबिच भएको खेलमा पहिलो सेट कणाली प्रदेशले बाग्मती प्रदेशलाई २२ मा रोक्दै २५ बनाएर पहिलो सेट हात पारेको थियो । त्यसलगत्तै कर्णाली प्रदेशलाई १६ मा रोक्दै २५ बनाएर दोस्रो सेट बाग्मतीले हात पारेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)