भूतपूर्व नेपाली सैनिकको सम्मेलन सम्पन्न
baahrakhari.com · Sun Apr 05 17:02:32 GMT 2026

दाङ । दाङको घोराहीमा भूतपूर्व नेपाली सैनिकको सम्मेलन सम्पन्न भएको छ । ज्वालादल गण घोराहीको आयोजनामा भरतपुरस्थित व्यारेकमा भूतपूर्व सैनिक सम्मेलन–२०८२ सम्पन्न भएको हो ।
नेपाली सेना श्री नं १९ बाहिनी अड्डा तुलसीपुरका बाहिनीपति सहायक रथी दिवसराज रेग्मीको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो । सो अवसरमा सहायक रथी रेग्मीले भूतपूर्व सैनिकहरूले जीवनका उर्जाशील समयमा नेपाली सेनामार्फत राष्ट्रको सेवा तथा शान्ति स्थापनामा पुर्याएको योगदान अविस्मरणीय रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)