गाउँपालिकाले बनाइदियो भेडापालक किसानलाई खोर
barnanmedia.com · Sat Jun 13 23:44:38 GMT 2026

निसीखोला गाउँपालिकाका अधिकांश किसान परम्परागत रुपमा भेडापालन गर्दै आएका छन् । एउटै परिवारले सयौँको सङ्ख्यामा भेडापालन गरे पनि व्यावसायिक बन्न सकेका छैनन् । किसानलाई व्यावसायिक बनाउन निसीखोला गाउँपालिकाले आधुनिकतासँग जोड्न थालेको छ । चालु आर्थिक वर्षमा भेडापालक किसानका लागि पालिकाले आधुनिक खोर बनाइदिएको छ ।
किसानले भेडालाई खोरमा नभई आकाशमुनि खुला छाड्ने गर्थेँ । खुला छाड्दा चिसोले मर्ने, विभिन्न रोग लाग्ने र चोरी हुने हुँदा किसानले नोक्सानी भोग्दै आएका थिए । यस वर्ष गाउँपालिकाले किसानका लागि आधुनिक खोर निर्माण, खानेपानीको व्यवस्थापन, औषधि खरिद र भेडाको बच्चा खरिदका लागि चालु आवमा रु एक करोड १२ लाख विनियोजन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
सरोज गुरागाईं