मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आरजु राणा र गंगा दाहालसामू गले अर्थमन्त्री, नयाँ स्टकको लाइसेन्स ‘बेच्न’ प्रस्ताव लैजाँदै

aarthiknews.com · Mon Dec 18 11:35:46 GMT 2023

काठमाडौं । धितोपत्रको कारोबार गर्ने नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स बेच्न सत्तारुढ दलका प्रभावकारी ‘म्याडम’हरूको दबाब झेल्न अर्थमन्त्री डा. प्रकाशशरण महत विफल भएका छन् । मन्त्री पद नै धरापमा पर्ने जोखिम बढेपछि अर्थमन्त्री महतले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स बेच्न बाधा फुकाउन क्याबिनेटमा प्रस्ताव लैजान लागेका हुन् ।

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रकृया अघि बढाइदिन अनुरोध गर्दै आइतबार अर्थ मन्त्रालयमा पत्र पठाएको थियो । सोही अनुरोधलाई देखाउँदै अर्थमन्त्री महतले मन्त्रालयका अधिकारीहरूलाई क्याबिनेटमा पेश गर्नेगरी नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स बेच्ने प्रस्ताव बनाउन निर्देशन दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)