मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

विद्यालयमा ‘महिनावारी आराम कक्ष’ स्थापना

barnanmedia.com · Sat Jun 13 23:47:55 GMT 2026

कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सामुदायिक विद्यालयमा ‘महिनावारी आराम कक्ष’ स्थापना गरिएको छ । नगरपालिकाका चार माध्यमिक विद्यालय र ६ वटा आधारभूत विद्यालयमा महिनावारी आराम कक्ष स्थापना गरिएको हो ।

महिनावारीको समयमा तथा बिरामी हुँदा छात्राहरूलाई विद्यालय नियमित रुपमा जानका लागि महिनावारी आराम कक्षको स्थापना गरिएको हो । विद्यालयमा महिनावारी आराम कक्ष स्थापना भएपछि नियमित स्कुल जानका लागि सहज भएको बडिमालिका माध्यमिक विद्यालय रास्कोटका कक्षा ९ मा अध्यायनरत छात्रा कल्पना शाहीले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)