पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृगाैलाकाे सफल प्रत्यारोपण
nepallive.com · Thu Jun 23 17:12:00 GMT 2022
पाेखरा- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पाेखरामा बिहीबार ५० वर्षीया महिलाको मृगाैला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ। ती महिलालाई उनकै ५१ वर्षीय श्रीमानले मृगाैला प्रदान गरेका हुन्।
सहिद धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरबाट डा.पुकारचन्द्र श्रेष्ठको टिम र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका डा.प्रकाश क्षेत्री, डा.अनुप चापागाई, डा माया लामा, डा.जुजु श्रेष्ठ, डा.अमृत केसीसहितको टिमले प्रत्यारोपण गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)