चिकित्सकले लापरबाही गरेको आरोप
gorkhapatraonline.com · Sun Feb 26 00:20:58 GMT 2023
काठमाडौँ, फागुन १४ गते । नक्सालस्थित हिमाल अस्पताल र चिकित्सकको लापरबाहीले बालिकाको मृत्यु भएको विषयमा मृतकका आफन्तले आन्दोलन गरिरहेका छन् । हिमाल अस्पताल प्रशासन र बिरामी पक्षबीच भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएपछि बिरामीका आफन्तले अस्पतालमा आन्दोलन गरेका हुन् ।
चिकित्सकको लापरबाहीले अस्पतालमा बालिकाको मृत्यु भएको आन्दोलनकारीले आरोप लगाएका छन् । मोरङका गङ्गा गौतमले आफ्नी २८ महिनाकी छोरी प्रशंसाको उपचारको क्रममा चिकित्सकले लापरबाही गरेपछि मृत्यु भएको आरोप लगाउनुभयो । उपचारका क्रममा बालिकाको मृत्युपछि मङ्गलबारदेखि हिमाल अस्पतालमा भइरहेको धर्ना दुई दिनका लागि स्थगित भई शनिबार वार्ता भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)