मार्किचोक सबस्टेसनमा प्राविधिक समस्या, तीन जिल्लामा विद्युत् अवरुद्ध
baahrakhari.com · Thu May 21 04:28:18 GMT 2026

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–२, मार्किचोकस्थित २२०/१३२/३३ केभी सबस्टेसनमा रहेको १३२/३३ केभी क्षमताको १२ एमभीए पावर ट्रान्सफर्मरमा प्राविधिक समस्या उत्पन्न हुँदा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।
नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार, ट्रान्सफर्मरको अर्थिङ प्रणालीमा समस्या आई अत्यधिक करेन्ट प्रवाह भएपछि बुधबार (जेठ ६) साँझ ५ः३२ बजेदेखि लाइन अवरुद्ध भएको हो । उक्त सबस्टेसनबाट आँबुखैरेनीसहित गोरखा र मुग्लिनलगायत चितवनका केही क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)