चेल्सीको सहज जीत
ratopati.com
म्यानेजरविहीन रहेको वुल्भ्समाथि चेल्सीले सहज जीत हासिल गरेको छ । शनिबार राति भएको खेलमा लिगको पुछारमा रहेको वुल्भ्सलाई चेल्सीले ३-० गोल अन्तरले हराएको हो ।
पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै काई हाभर्टजले चेल्सीलाई अग्रता दिलाए । दोस्रो हाफमा क्रिस्टियन पुलिसिचले अग्रता दोब्बर बनाए । खेलको अन्त्यतिर अर्मान्डो ब्रोजाले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । ८ खेलपछि चेल्सी १६ अंक बटुल्दै लिगको चौथो स्थानमा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)