बेलायती महारानीसमक्ष राजदूत रेग्मीद्वारा ओहोदाको प्रमाणपत्र पेश
ratopati.com
बेलायतका लागि २१ औं नेपाली राजदूतका रुपमा कार्यभार सम्हाल्दै आएका लोकदर्शन रेग्मीले बेलायती महारानी एलिजाबेथ द्वितीय समक्ष बुधबार आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । बुधबार लन्डनको बकिंघम प्यालेसमा आयोजित एक विशेष समारोहबीच राजदूत रेग्मीले ‘भर्चुअल’ माध्यमबाट आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । समारोह बकिंघम प्यालेसबाट विन्जर क्यासलमा भिडियो लिंकमार्फत भएको थियो । महारानी एलिजाबेथ हाल विन्जर क्यासलमा बस्दै आएकी छन् ।
उक्त समारोहमा रेग्मीले महारानीसमक्ष नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पनि सुनाएका थिए । सन्देशमा राष्ट्रपति र प्रधानमन्त्रीले महारानीको सुस्वास्थ्यका साथै बेलायतको प्रगति र बेलायती जनताको सम्वृद्धिको कामना गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)