मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

अधिक भार बोक्ने १२ वटा टिपर प्रहरीको नियन्त्रणमा 

ekantipur.com · Wed Nov 01 16:41:36 GMT 2023

काभ्रे — अधिक भार बोक्ने १२ वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तोकिएको मात्राभन्दा बढी लोड गरेर ल्याइएको १२ वटा टिपरलाई बुधबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

सवारी जाँच गर्ने क्रममा तोकिएको मात्राभन्दा बढी सामान लोड गरेर ल्याइएको ८० वटा टिपरबाट सामान कटिङ गरिनुको साथै कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार, पाँचखालमा मंगलबार राति प्रहरीले सवारी जाँच गर्दैगर्दा प्रहरीलाई छली भागेका १२ वटा टिपरलाई धुलिखेलबाट नियन्त्रणमा लिइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)