सिद्धबाबा सुरुङमार्ग निर्माण : ठेकदारले अबैध क्रसर चलाएको आरोप
ratopati.com · Thu Oct 12 06:14:00 GMT 2023
बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबामा सुरूङमार्ग निर्माणको काम अहिले भौतिक रूपमा रोकिएको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माणको ठेक्का लिएको सुरुङमार्ग निर्माणको क्रममा असारको पहिलो साता सुरुङमार्गका दुईवटा टनेल पहिरोमा परेपछि भौतिक निर्माणको काम स्थगित गरेर अन्य काम भइरहेको छ ।
सिद्धबाबा मन्दिर तलको डाइभर्सन काम सकेर टनेल पोर्टलको निर्माणको कामलाई तीव्रता दिएको बेलामा पहिरोले भत्काएको थियो । कम्पनीले अन्यनिर्माणको काम दसैँपछि मात्रै सुरुगर्ने योजनामा रहेको सुरुङमार्ग निर्माण परियोजनाको सूचना अधिकारी इन्जिनियर सविता ज्ञवालीले बताइन् । उनले भनिन्, ‘अहिले ठेकेदार कम्पनी भौतिक रूपमा देखिने भन्दा अन्य काम गरेका छन् । दसैँपछि भौतिक प्रगति देखिनेछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)