टर्की भूकम्प : २३ नेपाली सम्पर्कमा
ekantipur.com · Wed Feb 08 00:50:40 GMT 2023
काठमाडौँ — टर्कीको गाजियान्टेपलाई इपिसेन्टर बनाएर सोमबार बिहान गएको ७.८ म्याग्निच्युडको भूकम्पबाट टर्की र सिरियामा मृत्यु हुनेको संख्या ५ हजार नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
‘गार्डियन’का अनुसार भूकम्पमा ५ हजार ७ सयभन्दा बढी भवन भत्किएका छन् । करिब १४ लाख बालबालिका प्रभावित हुने विश्व स्वास्थ्य संगठनको भनाइ छ । १७.९ किमि गहिराइसम्म पुगेको भूकम्पको धक्का सिरिया र लेबनानसम्म पुगेको छ । अदाना, मलातिए, ओसमानिया, एस्केमदेरन, किलिस, साम्ले उर्फासहित १० क्षेत्र भूकम्प प्रभावित बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)