किन उर्लियो सेयर बजार ?
annapurnapost.com · Fri May 28 06:31:00 GMT 2021
काठमाडौं : विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट देश आक्रान्त छ। निषेधाज्ञाले अर्थतन्त्र ठप्प छ। राजनीतिक स्थिरता झन् भड्किएको छ। यस्तो अवस्थामा सेयर बजार भने निरन्तर उकालो लागिरहेको छ। बिहीबार मात्रै १५ अर्ब रुपैयाँको कारोबार भएको छ।
नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारका अनुसार आठ/नौवटा कारणले पछिल्लो समयमा निरन्तर सेयर बजार उर्लिएको हो। साथै, यसको भविष्य राम्रो भएकाले अझै निरन्तर बढ्ने उनको आँकलन छ। कोभिडको समयमा सबै जना घरमा बसी अनलाइनबाट कारोबार गर्ने भएकाले सेयरबजारमा कोभिडको प्रभाव नपरेको अध्यक्ष रौनियारले बताए। उनका अनुसार ३६ लाखले डिम्याट खाता भरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)