सभामुखद्वारा चिकित्सक, कृषक र गृहिणी पुरस्कृत
ratopati.com · Wed Dec 06 22:35:00 GMT 2023
झापा । सभामुख देवराज घिमिरेले लाल भागीरथा बानियाँ प्रतिष्ठानद्वारा आज आयोजित एक कार्यक्रममा उत्कृष्ट चिकित्सक, कृषक र गृहिणीलाई पुरस्कृत गरेका छन् । सामाजिक क्षेत्रमा अग्रणी रहेका प्रतिभालाई प्रतिष्ठानले बर्सेनि पुरस्कृत गर्दै आएको हो ।
पुरस्कृत हुनेमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षाध्यक्ष प्रा डा सञ्जीव शर्मा, व्यावसायिक रुपमा जैविक खेती गर्दै आएका मेचीनगरका कृषक बद्री राउत र उदाहरणीय महिला हिमा लुइँटेल पाठक रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)