जोरबिजोरले घटायो भिड : आइतबारबाट थप कडाइ गर्ने प्रहरीको तयारी
nayapatrikadaily.com · Sun Jan 23 00:30:00 GMT 2022
कोरोनाको तेस्रो लहर बढ्दै गएपछि सरकारले यातायातका साधनमा लागू गरेको जोरबिजोर प्रणालीले शनिबार उपत्यकामा भिडभाड केही घटेको छ । आइतबारबाट थप कडाइ गर्ने प्रहरीको तयारी छ ।
जोरबिजोर प्रणाली कार्यान्वयनका लागि प्रहरीले उपत्यकाभित्र ठाउँठाउँमा चेक प्वाइन्ट बनाएको छ । काठमाडौंमा मात्रै यस्ता २६ भन्दा धेरै प्वाइन्ट बनाएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)