मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

हेटौडामा पेस्तोलसहित २ जना पक्राउ

rajdhanidaily.com · Fri Jan 19 23:21:36 GMT 2024

मकवानपुर । मकवानपुर प्रहरीले पेस्तोलसहित २ जनालाई नियन्त्रणमा लिएको छ । हेटौडा उपमहानगरपालिका १५ रातोमाटेबाट हिमाली नगरपालिका १ बाजुरा बस्ने ३१ वर्षीय देव बहादुर थापा तथा कावासोती नगरपालिका ५ नवलपरासी बस्ने ५७ वर्षीय वीरबहादुर थापा मगरलाई पेस्तोलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

शुक्रबार चितवनबाट काकडभिट्टातर्फ जादै गरेको मे.१ ख.२५३७ नम्बरको बसलाई हेटौडा १५ स्थित पूर्व पश्चिम सडक खण्डमा जाँच गर्ने क्रममा बसमा सवार देव बहादुरले बोकेको झोला भित्र पेस्तोल-१ थान, गोली थान(१, दुई वटा प्लास्टिकमा सेतो कलरको पाउडर जस्तो देखिने धुलो पदार्थ २ किलो ७ सय ग्राम फेलापरेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)