मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

barnanmedia.com · Sun Apr 05 22:05:37 GMT 2026

परम्परागत मौलिक बाजाको संरक्षण र महिलालाई आत्मनिर्भर बनाउन यहाँको बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई पञ्चैबाजा बजाउने तालिम दिइएको छ ।

शिवालय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा वडाका महिला र आमा समूहका प्रतिनिधिलाई पञ्चैबाजा बजाउने तालिम दिइएको हो । एक महिनासम्म सञ्चालन भएको तालिममा १६ महिला सहभागी थिए । उनीहरुलाई बाजा बजाउन सिकाइएको सिकाई केन्द्रका परिचालक सीता कुँवर थापाले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)