सेती खोंचमा विलीन प्रेमको निसानी
deshsanchar.com · Sun Jan 15 17:03:28 GMT 2023
पोखरा – ११ बज्नै आटेको थियो, पोखरामा एउटा खबर फैलियो ‘जहाज दुर्घटना भयो।’ खबरसँगै दुर्घटनास्थलबाट आगोको मुस्लो फैलिन थाल्यो। पोखरा महानगरपालिका–७ र १५ जोड्ने मितेरी पुल नजिकै धस्सिएर यती एयरलाइन्सको विमान क्षतविक्षत भएर सेती नदीको खोंचमा खसेको थियो।
काठमाडौँबाट १० बजेर ३३ मिनेटमा उडान भरेको यती एयरलाइन्सको एटिआर–७२ एनवाइटी ६९१, ९ एन–एएनसी विमान २२ मिनेटपछि दुर्घटनामा पर्यो। १५ दिन अगाडि मात्रै सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गर्नुपर्ने जहाज २ किलोमिटर पर गएर आकाशबाट भुईंमा खसेपछि दनदनी दन्किएको आगोको मुस्लो निभाउन मात्रै झण्डै दुई घण्टा समय लाग्यो। त्यतिञ्जेलसम्म यती एयरलाइन्सले विमानमा सवार ६८ यात्रु र चालक दलका ४ सहित ७२ जनाको विवरण सार्वजनिक गरिसकेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)