बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी
barnanmedia.com · Sun Apr 05 22:13:46 GMT 2026

तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य रूपमा मनाइने ऐतिहासिक बिस्का (बिस्केट) जात्रामा ढुङ्गा हान्ने र जात्रा बिथोल्न खोज्नेलाई कडा कारबाही गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरमा आइतबार प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको नेतृत्वमा जात्रा सञ्चारन र सुरक्षासम्बन्धी सुरक्षा निकाय एवं सरोकारवाला निकायसँगको बैठकमा यस्तो निर्णय गरेको हो । बैठकले जात्रामा हुलदङ्गा गर्ने, ढुङ्गा हानाहान गर्ने, झैझगडा गर्नेलाई जात्राअवधि भर हिरासतमा राखेर मुद्दा चलाउने र कहिल्य विदेश जान नपाउने गरी प्रहरी रिपोर्टमा कालो सूचीमा रेकर्ड राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)