एमालेले गण्डकीमा बनायो दलको उपनेता, प्रमुख सचेतकमा पहारी
ratopati.com · Thu May 21 04:49:13 GMT 2026

पोखरा । नेकपा एमालेले गण्डकीमा कार्यकालको उत्तरार्धमा बल्ल दलको उपनेता चयन गरेको छ । दलका नेता खगराज अधिकारीले बागलुङका लीलबहादुर थापालाई उपनेता नियुक्त गरेका हुन् ।
यसैगरी, प्रमुख सचेतकमा यस अघिकी सचेतक देवका पहारीलाई नियुक्त गरिएको छ । प्रमुख सचेतक गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास मन्त्री बनेपछि रिक्त पदमा पहारीलाई जिम्मा दिइएको हो । सचेतकमा भक्तबहादुर कुँवर नियुक्त भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)