पृथ्वीको चुम्बकीय ध्रुव क्यानडाबाट तीव्र गतिमा साइबेरियातर्फ जाँदै
baahrakhari.com · Tue Mar 08 17:04:00 GMT 2022
टोरोन्टो । अनुसन्धानकर्ताहरूले केही वर्षयता पृथ्वीको चुम्बकीय ध्रुव क्यानडाबाट तीव्र गतिमा साइबेरियातर्फ सरिरहेको बताएका छन् । उनीहरूले पृथ्वीको बाह्य भागमा रहेका पग्लिएको फलामको दुईवटा विशाल पिण्डका कारण चुम्बकीय ध्रुव भाग्न थालेको विश्वास गरेका छन् । तर, त्यो ध्रुव कहाँ गएर रोकिन्छ भनिएको छैन ।
चुम्बकीय ध्रुव पहिले जुन स्थानमा हुने गर्थ्यो अहिले त्यहाँ छैन । बेलायती ध्रुवीय अन्वेषक जेमस क्लार्क रोसले सन् १८३१ मा पहिलोपटक यो क्यानडाको नुनाभुट क्षेत्रको बुथिया प्रायद्वीपमा रहेको पत्ता लगाएयता वैज्ञानिकहरूले यसको स्थानलाई होसियारीपूर्वक नाप्दै आइरहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)