विपद् व्यवस्थापन र सञ्चारमाध्यम
rajdhanidaily.com · Sun Nov 05 23:26:14 GMT 2023
समाजमा घट्ने कुनै पनि घटनामा टिप्पणी गर्ने सामाजिक सञ्जालको वर्चस्वले कहिलेकाहीँ जनतामा कहर निम्त्याउँछ । जाजरकोट भूकम्पपछि नागरिक समाज र तिनका संस्थाले आफूलाई प्रस्तुत गर्ने शैलीमा सत्यता देखिन्छ । डोनोभनले सन् १९९० मा आमसञ्चारमाध्यमको भूमिकालाई विभिन्न अस्वस्थ्यकर अभ्यासका हानिकारक प्रभावहरू’bout मानिसहरूलाई जानकारी दिने वा शिक्षित गर्ने भनेर पहिचान गरे । मानिसहरूलाई पहिलेदेखि नै थाहा भएका नराम्रा प्रभावहरूको सम्झना गराउँदै र यस ज्ञानको साक्षरतालाई कायम राख्दै विभिन्न स्वस्थ जीवनशैली अभ्यासहरू अवलम्बन गर्न मानिसहरूको उत्प्रेरणालाई बढाउने कुरा गरे । प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा व्यक्तिहरूलाई अन्य योगदानात्मक प्रभावहरूका लागि संवेदनशील वा पूर्वसूचना गरेर जैविक सुरक्षा उपायहरू, मद्दत कसरी प्राप्त गर्ने वा आफैलाई कसरी मद्दत गर्ने भन्ने ’bout आत्मसहायता जानकारी प्रदान गर्दै, सञ्चारमाध्यमले जनतालाई थोरै अनुभव भएका विषयहरूका सन्दर्भमा नयाँ साझा विश्वासहरू सिर्जना गर्नसक्छ ।
सञ्चारमाध्यमले विद्यमान मापदण्डहरू पनि परिवर्तन गर्नसक्छ र जसले गर्दा मानिसहरूलाई एक प्रकारको व्यवहारबाट अर्कोमा रूपान्तरण गर्न सकिन्छ । अहिले आजतक जी न्युज र भारतको एभीपी च्यानलका रिपोर्टरले काठमाडौंबाट हालै आएको भूकम्पबाट भएको क्षतिको रिपोर्टिङ गर्दै उद्धार तथा राहतका विभिन्न एजेन्सीले पत्रकारिताको न्यूनतम आचारविहीनता बिर्सेर गलत सूचना सिर्जना गरी प्रचारबाजी गरिरहेका छन् । भारतबाहेक अरू एजेन्सीको कामलाई पनि उनीहरूले यस आन्दोलनमा भारतीय मात्र मुक्तिदाता भएको भन्दै बदनाम गरिरहेका छन् । कतिपय सञ्चारमाध्यमले समेत सुरक्षाकर्मीलाई घरेलु कामदारजस्तै हातपात गरिरहेका छन् । अब यो पत्याउन गाह्रो छ कि, साँच्चै सञ्चारमाध्यम व्यक्तिगत हो वा अरू केही ? अन्य मुलुकमा रिपोर्टिङ गर्दा पत्रकारिताको न्यूनतम आचारसंहिता पालना गर्नुपथ्र्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)