मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

म प्रधानमन्त्रीको उम्मेदवार होइन, मेरो पार्टीले नवाजलाई बाहिरबाट समर्थन गर्छ : बिलावल भुट्टो

ratopati.com · Wed Feb 14 00:35:00 GMT 2024

इस्लामाबाद । पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जर्दारीले मंगलबार आफ्नो पार्टीले मुस्लिम लिग-नवाजको प्रधानमन्त्रीको उम्मेदवारलाई देशमा सरकार गठन सुनिश्चित गर्नका लागि मतदान गर्ने बताएका छन्। तर, उनले आफ्नो पार्टी सरकारमा नजाने स्पष्ट पारेका हुन् ।

उनले आफ्नो पार्टीलाई केन्द्र सरकारमा सामेल हुने कुनै चासो नभएको पनि बताए । पत्रकार सम्मेलनमा बिलावल भुट्टोले पिपुल्स पार्टीसँग सरकार गठन गर्ने जनादेश नभएकाले आफू प्रधानमन्त्रीको उम्मेदवार नरहेको बताए । उनले पीपीपी (पीएमएल-एनका लागि) ले महत्त्वपूर्ण अवसरहरूमा मुद्दाहरूको आधारमा मतदान गर्ने स्पष्ट पारे ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)