फेवातालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
barnanmedia.com · Thu May 21 04:49:15 GMT 2026

काठमाडौं । कास्कीको पोखरास्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–११, काहुँखोलाका अन्दाजी २७ वर्षीय युवकको मृत्यु भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
बिहीबार (जेठ ७) बिहान करिब २ बजे फेवातालमा पौडी खेल्ने क्रममा उनी बेपत्ता भएका थिए । युवक हराएको सूचनापछि उद्धारका निम्ति प्रहरी टोली परिचालन गरिएको थियो । सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गर्ने क्रममा बिहान ३ः३५ बजे ती युवकलाई अचेत अवस्थामा फेवातालबाट उद्धार गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)