नरेश र प्रियंकाको तिम्रै हुँ म
gorkhapatraonline.com · Fri Nov 21 11:59:19 GMT 2025

गायक तथा मोडल नरेश रेग्मी र नायिका प्रियङ्का कार्कीको अभिनय रहेको ‘तिम्रै हुँ म’ बोलको भिडियोले सार्वजनिक भएको छ। नरेश स्वयम्को स्वर रहेको गीतमा प्रियंका र नरेश दुवैले निकै मिहिनेत गर्नुभएको देखिन्छ।
एनआर क्रियशनले बजारमा ल्याएको म्युजिक भिडियोमा वामदेव रेग्मीको शब्द, प्रकाश रेग्मीको संगीत रहेको छ। म्युजिक भिडियोको निर्देशन मौसम हिमालीले गर्नुभएको हो।
संगीतकार प्रकाश गायक तथा मोडल नरेशका दाजु हुनुहुन्छ। लामो समय काठमाडौँ बसेर संगीतमा संघर्ष गर्नुभएका प्रकाश अहिले दाङमा हुनुहुन्छ। निर्देशक मौसम हिमालीले भिडियोमा नरेश र प्रियंकाको जोडीलाई देखाउन मिहिनेत गर्नुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)