मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लक्जेम्वर्गविरुद्ध पोर्चुगल विजयी

nepalipatra.com · Wed Mar 31 05:44:31 GMT 2021

एजेन्सी । फिफा विश्वकप छनौटको समूह चरणको तेस्रो खेलमा पोर्चुगलले लक्जेम्वर्गलाई पराजित गरेको छ । गएराति लक्जेम्वर्गको मैदानमा भएको खेलमा पोर्चुगल ३-१ गोलले विजयी बनेको हो ।

खेलको २० औं मिनेटमा लक्जेम्वर्गका जर्सन रोड्रिग्वेजले गोल गर्दै सुरुवाती अग्रता बनाएका थिए । खेलको पहिलो हाफको इन्जुरी समयमा पोर्चुगलका डिओगो जोटाले बराबरी गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)