काठमाडौंलाई सुन्दर सहर बनाउँछु : पूर्वमन्त्री प्रधान
lokpath.com · Wed Nov 16 16:58:48 GMT 2022
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले काठमाडौंलाई स्वच्छ र सुन्दर सहर बनाउने बताएका छन् । संयुक्त ट्रेड युनियन तारकेश्वर नगर कार्यसमितिले आज साँझ यहाँ आयोजना गरेको ‘निर्वाचनमा पेसागत तथा ट्रेड युनियनकर्मीको भूमिका’ विषयक कार्यक्रममा उनले काठमाडौंलाई सुन्दर सहर बनाउने बताएका हुन् ।
‘काठमाडौं देशको राजधानी हो, यहाँ सबै जिल्लाका मानिस बस्न आउँछन्, यस क्षेत्रलाई नमुना सहर बनाउने जिम्मा काठमाडौँबाट निर्वाचित जनप्रतिनिधिको हो, म निर्वाचनमा विजयी भएमा काठमाडौंलाई बस्नयोग्य क्षेत्रका रुपमा विकास गर्छु’, उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)