मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतका पराग अग्रवाल ट्वीटरका नयाँ प्रमुख  

baahrakhari.com · Wed Dec 01 00:27:00 GMT 2021

वासिङटन । विश्वकै सबैभन्दा ठूलो सामाजिक नेटवर्क ट्वीटरका नयाँ प्रमुख कार्यकारीका रुपमा भारतका ३७ वर्षीय पराग अग्रवाल नियुक्त भएका छन् । पूर्व सिइओ ज्याक डोर्सीले उनलाई अत्यन्तै नम्र, बुद्धिमानी, जिज्ञासु अनि धेरै माग भएका व्यक्ति भनेर व्याख्या गरेका छन् ।

उनी दश वर्ष अगाडि ट्वीटरमा आबद्ध भएका हुन् । त्यतिबेला कम्पनीमा एक हजार भन्दा कम कर्मचारी थिए । सुरुवातमा उनी केबल सफ्टवेयर इन्जिनियर मात्र थिए । त्यसपछि प्रविधि प्रमुख बन्दै डोर्सी भन्दा एक कदम तलको पदमा काम गर्न थालेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)