हलमा छैनन् नेपाली फिल्म, विदेशी भने भरिभराउ
ratopati.com · Sun Jul 05 10:12:37 GMT 2026

काठमाडौँ । नेपाली हलहरू यतिबेला नेपाली फिल्मविहीन बनेका छन् । यसको फाइदा प्रत्यक्ष रूपमा विदेशी फिल्महरूले उठाइरहेका छन् । गत १९ गते शुक्रबार कुनै पनि नयाँ नेपाली चलचित्र प्रदर्शनमा नआउनु र त्यसअघि प्रदर्शनमा आएका चलचित्रहरूले बक्स अफिसमा सोचेजस्तो व्यापार गर्न नसक्नु नै यसको मुख्य कारण मानिएको छ ।
विशेषगरी गत असार १२ गते प्रदर्शनमा आएको नेपाली फिल्म ‘जाँड’ले व्यावसायिक रूपमा कमजोर प्रदर्शन गर्यो । सोही कारण हल सञ्चालकहरूले नेपाली फिल्मलाई ओरालेर विदेशी फिल्मलाई बढी सो दिनुपर्ने अवस्था सिर्जना भयो । हाल देशका प्रमुख मल्टिप्लेक्स चेनहरू विदेशी चलचित्रले भरिभराउ बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)