युक्रेनमा झन्डै २ सय नेपाली
ekantipur.com · Wed Feb 23 00:48:33 GMT 2022
काठमाडौँ — पूर्वी युरोपमा पर्ने युक्रेन र शक्तिसम्पन्न राष्ट्र रुसबीच तनाव बढ्दै गएपछि युक्रेनमा रहेका नेपालीको अवस्था तथा घर फिर्ती पहलबारे सरोकार बढेको छ । रुसले सोमबार मात्रै युक्रेनका दुई प्रान्त दोनेत्सक र लुहान्स्कलाई स्वतन्त्र राज्य घोषणा गरेपछि भारतले भने युक्रेनमा रहेका आफ्ना नागरिक फर्काउन मंगलबारबाटै पहल थालेको छ ।
‘द्वन्द्वरत दोनेत्सक र लुहान्स्क नेपालीको बसोबास रहने सहरबाट निकै दूरीमा पर्छ,’ युक्रेनस्थित गैरआवासीय नेपाली संघका अध्यक्ष हरि मल्लले कान्तिपुरसँग फोनमा भने, ‘युक्रेनका विभिन्न सहरमा हामी ३८ जना नेपाली स्थायी रूपमा बसोबास गर्दै आएका छौं, यसबाहेक दुई सयजति नेपाली युवायुवती युक्रेनलाई युरोप छिर्ने ‘ट्रान्जिट’ बनाएर लुकीछपी बस्दै आएको थाहा पाएका छौं ।’ म्याग्दी मूल घर भएका मल्ल ३८ वर्षयता युक्रेन बस्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)