काठमाडौंको तापक्रम ८ डिग्री सेल्सियस, चिसोबाट जोगिन आग्रह
baahrakhari.com · Mon Dec 05 00:25:00 GMT 2022
काठमाडौं । काठमाडौंमा आज बिहान पौने ६ बजेको तापक्रम ८ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १९–२० डिग्री सेलिसयससम्म पुग्ने मौसमविद् वरुण पौडेल बताउँछन् ।
उनका अनुसार आज देशका कुनै पनि भू–भागमा हिमपात तथा वर्षाको सम्भावना छैन । यद्यपि, चिसो बढ्दै गएको छ । “चिसो बढ्दै गएको छ । त्यसैले बिहान र बेलुकाको समयमा सिचोबाट बच्न सतर्कता अपनाउनु पर्ने देखिन्छन्,” मौसमविद् बरुण भन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)