एमाले गण्डकी उपनेतामा थापा, प्रमुख सचेतकमा पहारी
baahrakhari.com · Thu May 21 05:05:37 GMT 2026

पोखरा । नेकपा (एमाले) संसदीय दल गण्डकी प्रदेशसभाको उपनेतामा लीलबहादुर थापालाई चयन गरिएको छ । प्रमुख सचेतकमा देवका पहारी नियुक्त भएकी छन् ।
संसदीय दलका नेता खगराज अधिकारीले बिहीबार (जेठ ७) विधानानुसार उपनेता, प्रमुख सचेतक र सचेतक नियुक्त गरेका हुन् । सचेतकमा भक्तबहादुर कुँवर नियुक्त भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)