मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जिल्ला निर्वाचन कार्यालय खारेजी रोक्न दलहरू प्रतिबद्ध : आयोग

nayapatrikadaily.com · Sat Jun 10 00:13:00 GMT 2023

निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेजको निर्णय सच्याउन दलहरू सकारात्मक रहेको बताएको छ । आयोगले शुक्रबारको छलफलपछि विज्ञप्ति जारी गरी आर्थिक वर्ष ०८०/८१ को बजेट वक्तव्यको व्यवस्था हटाउन दलहरू प्रतिबद्ध रहेको जानकारी गराएको हो ।

आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार छलफलका क्रममा दलका प्रतिनिधिले आयोगको स्वतन्त्रता, स्वायत्तता र क्षेत्राधिकारमा संकुचन ल्याउने र प्रतिकूल प्रभाव पार्ने काम सरकारबाट हुन नहुने बताएका छन् । निर्वाचन कार्यालय खारेजीको निर्णय फिर्ता गर्न र कार्यालयहरू यथावत् रूपमा सञ्चालनका लागि आवश्यक स्रोत–साधन उपलब्ध गराउन आयोगले सरकारलाई लेखी पठाउने र राजनीतिक दलहरूले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)