आइपिएलमा राजस्थानको विजयी सुरुवात
nayapatrikadaily.com · Sun Apr 02 16:29:00 GMT 2023
इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । हैदराबादमा केहीबेरअघि सकिएको खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई उसैको घरेलु मैदानमा ७२ रनले पराजित गर्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर दुई सय तीन रन बनाएको थियो । कप्तान सञ्जु सामसनले ५४ तथा यस्सवी जैसवाल र जोस बटलरले ५४–५४ रन बनाए भने अलराउन्डर सिम्रन हेटमेयरले विस्फोटक ब्याटिङ गर्दै २२ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)