बेलायतमा बढ्दै कोरोना संक्रमण, युरोपमा लकडाउन
ratopati.com
कोरोना संक्रमणको तीनवटा लहर पार गरिसकेको बेलायतमा अहिले पनि संक्रमण दर उच्च रहेको छ । पछिल्लो एक महिनायता दैनिक संक्रमित संख्या लगातार ३० हजारभन्दा बढी रहेको छ भने केही दिन यता दैनिक ४० हजार भन्दा बढी संक्रमित भइरहेका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्यांक अनुसार आइतबार ४० हजारभन्दा बढी संक्रमित भएका थिए । सोमबार ४४ हजारभन्दा बढी रहेकोमा मंगलबार सार्वजनिक पछिल्लो २४ घन्टामा थप ४२ हजार ४८४ नयाँ संक्रमित थपिएका छन् । यससँगै बेलायतमा कुल संक्रमितको संख्या झन्डै एक करोड पुग्न लागेको छ । मंगलबारसम्मको तथ्यांकअनुसार यहाँ ९९ लाख ३२ हजार ४०८ जना संक्रमित भइसकेका छन् ।
चिसोको प्रभाव बढ्दै गएपछि युरोपका कतिपय भागमा लकडाउन सुरु भइसकेको छ भने अन्य भागहरुमा पनि लकडाउन हुने सम्भावना बढेको छ । विशेषगरि पश्चिमी युरोपमा संक्रमणको प्रभाव अत्यधिक बढ्न थालेको छ । विश्व स्वास्थ्य संगठनले यसअघि नै युरोप कोरोना संक्रमणको केन्द्रविन्दु बन्ने चेतावनी दिइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)