फेवातालमा पौडी खेल्दा डुबेर युवकको मृत्यु
hamrakura.com · Thu May 21 00:00:00 GMT 2026
पोखरा । फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ। जिल्ला कास्कीको पोखरा महानगरपालिका-११ काहुँखोला बस्ने अन्दाजी २७ वर्षीय युवक फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।
युवक हराएको सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण कालिका कास्कीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अमृत क्षेत्रीको कमाण्डमा १३ जनाको उद्धार टोली परिचालन गरिएको थियो। टोलीमा विशेषज्ञ गोताखोरसमेत सहभागी थिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)