मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

थोक व्यापार ४० प्रतिशतसम्म घट्यो

ratopati.com · Mon May 22 06:16:00 GMT 2023

नेपालमा बढ्दै गएको आर्थिक असहजताले व्यापार सामान्य अवस्थाको तुलनामा २५ देखि ४० प्रतिशतमा सीमित भएको थोक व्यापारीले बताएका छन् । पछिल्लो ८ र १० महीनादेखि व्यापारमा यस किसिमको स्थिति देखिएको उनीहरूको भनाइ छ ।

काठमाडौंको प्रमुख थोक बजार महाबौद्धमा १० वर्षदेखि तयारी कपडाको कारोबार गर्दै आएका यदुनाथ धितालले भाडा तिर्न समेत मुश्किल पर्ने अवस्था आएको बताए । 'भाडा तिर्नसमेत अप्ठ्यारो अवस्था आइसकेको छ । ९ महीनाअघिको अवस्थासँग तुलना गर्दा व्यवसाय ३० प्रतिशतमा सीमित भएको छ,' उनले भने, 'स्टाफलाई तलब दिन उत्तिकै गाह्रो छ । समग्रमा अहिले व्यवसाय निकै खस्केको छ ।'

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)